काठमाडौँ , नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशी लगानी भित्र्याउने लगानी बोर्ड तत्काल खारेज गर्न माग गरेका छन्। विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने बताउँदै सांसद सुवालले यस्तो माग गरेका हुन्।
आज बिहीवार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले यस्तो माग गरेका हुन्।
विदेशी पुँजीले देशको विकास नभई आर्थिक उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको उक्त बोर्ड तत्काल खारेज गर्नुपर्ने उनको तर्क थियो। सांसद सुवालले काठमाडौँ उपत्यकाभित्र रहेका सबै औद्योगिक क्षेत्र हटाउन पनि सरकारलाई दबाब दिए।