राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई सरकारले गेम चेञ्जिङ प्रोजेक्टका रूपमा लियो: गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई सरकारले गेम चेञ्जिङ प्रोजेक्टका रूपमा लिएको बताएका छन् ।

आज शुक्रबार आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले अब राष्ट्रिय परिचयपत्रको प्रयोग गर्ने नागरिकलाई विभिन्न कार्ड बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य हुने बताए ।

‘यहाँहरूलाई थाहा छ हरेक कार्यालयमा जाँदा नागरिकताको कपि दिनुपर्ने, पछाडितिर हस्ताक्षर गर्नुपर्ने, केवाइसी भर्नुपर्ने, बाबुबाजे र जन्म मिति जस्ता झन्झट छ’, उनले भने, ‘अब हरेक चिज यसमा जोडिँदै जानेछ ।’ उनले सुरुमा यसको प्रयोगमा केही कठिनाइ भए पनि कालान्तरमा शेयर कारोबार, जग्गाको कारोबार होस् त्यसमा समेत समावेश गर्दै जाने बताए ।

उनले अहिले कतिपय अपराधमा संलग्नहरूले धेरै सिम कार्ड प्रयोग गर्ने गरेको भन्दै अब राष्ट्रिय परिचयपत्रको आइडी नम्बर हान्ने बित्तिकै धेरै कुरा पत्ता लाग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय