आईसीसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डको जित

काठमाडौं । आईसीसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भर्खरै सम्पन्न खेलमा न्यूजिल्यान्डले युगान्डलाई नौ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गराएको हो । जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलबाट २ अंक जोडेको छ । चार खेल खेलेको युगान्डाको २ अंक छ ।

युगान्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य लक्ष्य पच्छाएको न्यूजिल्यान्डले पाँच दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । न्यूजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए । त्यस्तै फिनन् अल्लेनले नौ रन जोड्दा रचिन अभिन्द्र एक रनमा अविजित रहे ।

बलिङतर्फ युगान्डाका रियाजत अली शाहले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय