काठमाडौं । गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् ।
आज शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपासँग आम नागरिकहरूको ठूलो आस रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे ।
मन्त्री लामिछानेले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताए । आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको उनको दाबी छ ।