विपद्‌ जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्दै नेपाल टेलिकम

काठमाडौं। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका हुन्।

बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै शर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोन प्रयोगकर्ताले प्राप्त गर्न सक्नेछन्।

यस अनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपातरहिमआँधी, तातो हावाको लहर (लु), शितलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन, डढेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने छ।

यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि पहिलेदेखि नै ६०० सिम उपलब्ध गराइरहेकोमा अब थप १०० सिम समेत उपलब्ध गराएको छ र यसमा प्रतिमहिना ३०० एमबी डाटा समेत निःशुल्क उपलब्ध छ। नेपाल टेलिकमले विगत आठ वर्षदेखि यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय