काठमाडौं। ब्याटिङ नचलेपछि नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ।किङ्सटाउनमा सोमबार बिहान जितका लागि बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछयाएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटियो। आजको खेलमा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए।
त्यस्तै दिपेन्द्रसिँह ऐरीले २५ र आशिफ शेखले १७ रन बनाए। कप्तान रोहित पौडेल एक रनमा आउट भए। नेपाललाई जितका लागि बङ्ग्लादेशले एक सय ७ रनको लक्ष्य दिएको थियो। बङ्गलादेशका लागि सकिव अल हसनले १७ रन बनाए।
यस्तै महमुदुल्लाह र रिसद हुसेनले १३र/१३ तथा तास्किन अहमेद र जाकेर अलीले १२/१२ तथा लिटन दासले १० रन बनाए। ओपनर तानजित हसन सोमपालको पहिलो बलमै आउट भए। अन्य ब्याट्सम्यानले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङमा नेपालका सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए। बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गरेका छन्। उनले चार ओभरमा १७ रन खर्चिएर विकेट लिए।
बङ्गलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर आठमा पुगेको छ। यस्तै समूहमा अपराजित दक्षिण अफ्रिका लगातार चार खेल जित्दै आठ अङ्कसहित शीर्षस्थानमा रह्यो। दक्षिण अफ्रिका एक खेल अगावै सुपर आठमा पुगेको थियो।
नेपाल र बङ्गलादेशबीचको नतिजाले नदेरल्यान्ड्सपनि विश्वकपबाट बाहिरियो। श्रीलङ्का र नेपाल यसअघिनै बाहिरिएका थिए। यससँगै जार विश्वकपमा सुपर आठको समिकरण पनि पूरा भएको छ। नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।