पहिरो पन्छाएपछि मुग्लिन मलेखु खण्ड दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए ।

राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय