काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन्।
बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुरा गर्दै उनले प्रधानमन्त्रीले नै मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने बताइसकेकाले मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको उल्लेख गरे।
उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने पनि बताए। प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको कमजोरी भएको प्रमाणित हुने उनले दावी गरे।
प्रमुख सचेतक लेखकले बजेटमा गैरजिम्मेवारीपूर्ण विनियोजन देखापरेको भन्दै परिमार्जन गर्नुपर्ने बताए।