पदको दुरुपयोग नगरी बजेट बिनियोजन गरेको छु: गृहमन्त्री

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पदको दुरुपयोग नगरी बजेट विनियोजन गरेको दावी गरेका छन्।

आज बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरी सन्तुलित रुपमा बजेट विनियोजन गरेको दावी गरेका हुन्।

उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय