हाम्रो कारण सरकार टुट्दैन: माधव नेपाल

काठमाडौ – नेकपा एसका अध्यक्ष माधव नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताएका छन्।

महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गरे।

“जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यकासाथ सरकारसँग सहकार्य गरिएको हो”, अध्यक्ष नेपालले भने, “सरकारसँगको सहकार्य हाम्रा कारणले टु्ट्दैन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय