काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका(२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो।
पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन गन्तव्यतर्फ लागेका छन्।