रोहित, सन्दीप र दिपेन्द्रले ग्लोबल टी-२० खेल्ने, कस्लाई कतिमा लिइयो ?

काठमाडौं । क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगितामा नेपालका तीन जना क्रिकेटर खेल्ने भएका छन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ग्लोबल टी-२० खेल्ने भएका हुन् ।

सन्दीप लामिछाने ४० लाख र दीपेन्द्र सिंह ऐरी २४ लाखमा भ्यानकुभर नाइट्सले लिएका छन् भने रोहित पौडेललाई टोरन्टो नेशनलले १६ लाखमा ग्लोबल टी–२० लिगमा लिएको छ ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय