काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राईलाई पक्राउ गर्ने भन्दा भगाउने नियत राखेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले जीवी राईलाई पक्राउ गर्नेभन्दा भगाउने नियत राखेको बताएका हुन् ।
यस्तै देशलाई जीवी राईको लोकेसन नभई जीवी राई चाहिएको शर्माको भनाइ छ । मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले जीवी राईलाई ल्याउन कठिनाइ भए पनि असम्भव नभएको शर्माले बताए । मलेसियाबाट कुनै पनि अपराधीलाई पक्राउ गरेर ल्याउन सुपुर्दगी सन्धि नचाहिने महामन्त्री शर्माको दाबी छ ।