एसईईको नतिजा यहि हप्ताभित्र सार्वजनिक हुने

ठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यहि हप्ताभित्र सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यसै हप्ताभित्रमा नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएका छन् । उनका अनुसार यहि हप्ता टुङ्ग्याउने तयारी छ । बाँकी रहेको काम रुजु गर्ने र प्रोसेसिङ टुङ्गिएपछि सिस्टममा इन्टी गर्ने र त्यो बेलासम्म सबै कोडिङ हुने उनले बताए । यस्तै पौडेलका अनुसार अब करिब–करिब ३ दिनको हाराहारीमा सबै टुङ्गो लगाइने छ ।

राष्ट्रिय परिक्षा बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागेको हो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ ।

त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । र पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय