काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण काँग्रेस बद्नाम भइरहेको बताए ।

यस्तै उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सिमित बनिरहेको बताए ।

उनले नेपाली काँग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय