काठमाडौं । नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले सम्मानित नेता झलनाथ खनाललाई सहमतिमा नेतृत्व टुंग्याउने प्रस्ताव राखेका छन् ।
आज आइतबार राति भएको भेटवार्तामा नेपालले सहमतिका साथ अघि बढ्ने प्रस्ताव राखेका हुन् । असार १६–२० गतेसम्म एकीकृत समाजवादीको महाधिवेशन काठमाडौंमा हुँदै छ । अध्यक्षमा माधवसँगै, खनाल र महासचिव घनश्याम भुसालले दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
भेटमा उपाध्यक्ष राजेन्द्र पाण्डे र प्रमेश हमाल पनि सहभागी थिए । पाण्डेले महाधिवेशन सफल पार्ने विषयमा संवाद भएको बताए । उनका अनुसार दुई नेताबीच सर्वसहमतिमा नेतृत्व चयन गर्ने विषयमा छलफल भएको छ ।