एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी-ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। पानी परेर रोकिँदै सुरु हुँदै रहेको खेल एक ओभर कम गरिएको थियो।
सन् २०१० को दोस्रो संस्करणको टी–ट्वेन्टी विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तानले नवौं संस्करणमा आएर यो सफलता पाएको हो।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा अफगानिस्तान ८ रनले विजयी भएको हो। अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्यमएको बंगलादेशले ओभरमा अल आउट हुदै १०५ रन मात्र बनाउन सक्यो।
बंगलादेशका लागि लिन्टनकुमार दासले बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले। ओपनरका रुपमा क्रिजमा आएका दास अन्तिमसम्म क्रिजमा रहिरहँदा अर्को तर्फबाट भने निरन्तर विकेट निरन्तर गईरहँदा टोली पराजित हुन पुग्यो।
योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। भारतले इङ्ल्याण्ड प्रतिद्वन्द्वी पाउँदा दक्षिण अफ्रिकासँग अफगानिस्तान भिड्ने छ।