कास्कीमा पहिरोमा परी १३ वर्षकी बालिका र ३ वर्षका बालकको मृत्यु

पोखरा। कास्कीमा भीषण वर्षाका कारण खसेको पहिरोमा परी १३ वर्षकी बालिका र ३ वर्षका बालकको मृत्यु भएको छ। कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानी घुम्तीमा रहेको प्रकाश रानाभाटको टिन र ब्लकले बनेको तीनकोठे घरमाथि माटोको ढिस्को खस्दा पुरिएर १३ वर्षीया आयुश्मा रानाभाटको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

पहिरोले पुरिँदा उनका हजुरआमा ७० वर्षीय हजुरआमा लालमाया बन्जारीको सकुशल उद्धार गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। शर्माका अनुसार घरमा हजुरआमा र नातिनी मात्र सुतेका थिए।

यस्तै, पोखरा महानगर–२७ स्थित आरुपाटामा मंगलबार बिहान ३ बजे स्थानीय हरि सुनाको ढुङ्गा र माटोले बनेको २ कोठे घर पनि पहिरोले भत्काएको छ। घर भत्किँदा उनका ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ।

घरभन्दा माथिबाट झरेको पहिरोले घर भत्किँदा उनका श्रीमती २७ वर्षीय ऋतु सुनार गम्भीर घाइते भएको डिएसपी शर्माले बताए। उनका अनुसार पहिरोबाट हरि सुनार र उनका ९ वर्षीय छोरी अंजली सुनारको भने सकुशल उद्धार गरिएको छ। घर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ। कास्कीमा गएरातदिेखि अविरल वर्षा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय