काठमाडौं । गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् ।
आज बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महशुस गरेको बताए ।
उनले लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिइ सकेपछि त्यो देशको दुर्गति शुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए ।