नेकपा एसको अध्यक्षमा घनश्याम भुसाललाई झलनाथ खनालको समर्थन

काठमाडौं । नेकपा एसको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालको समर्थनमा भुसालले अध्यक्षका लागि उम्मेदवारी दिन लागेका हुन् ।

नेता खनालले १०औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्यामलाई समर्थन गर्ने सहमति भइसकेको छ । बुधवार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा दुई नेताहरू मिलेर जाने सहमति भएको बुझिएको छ ।

नेकपा एसको महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय