काठमाडौं। सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कमा रकम अपचलनका विषयमा छानबिन सुरू गरेको छ।
समितिको आज बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित ९ वटा सहकारीसँग सम्बन्धित कागजात मगाउने निर्णय भएको समिति सदस्य इश्वरी न्यौपानेले जानकारी दिए ।
उहाँले समितिको कार्यक्षेत्रअन्तर्गत अनुसूची–२ मा रहेको नौवटा सहकारीको सम्बन्धी फाइल पनि सम्बन्धित सहकारीबाट मगाइएको जानकारी दिए ।
गोरखा मिडिया नेटर्वक गृहमन्त्री रवि लामिछाने कार्यकारी निर्देशक भएर चलाइएको संस्था हो। गोरखा मिडिया नेटर्वक अन्तर्गत ग्यालेक्सी फोर के टिभी सञ्चालनमा आएको थियो। यसक अध्यक्ष जीबी राई हुन् । मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिएर कानुनविपरीत लगानी गरिएको आरोप छ ।