काठमाडौं । दक्षिण अफ्रिका नवौं संस्करणको टी–ट्वेन्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।
आज भएको खेलमा ५७ रनको सामान्य लक्ष्य पाएको दक्षिण अफ्रिकाले आठौं ओभरमा लक्ष्य पूरा गर्यो। दक्षिण अफ्रिकाका लागि रिजा हेनरिकले २९ तथा एडेन माक्रमले २३ रन जोडे।
दोस्रो सेमिफाइनलमा आजै भारत र इङ्ल्याण्ड आमने सामने हुनेछन्। यी दुईको विजेतासँग उपाधिका लागि शनिबार भिड्नेछन्।