गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुईजना घाइते

गुल्मी । गुल्मीमा ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

दुर्घटनामा सवार मालिका गाउँपालिका–२ दर्लिका टिकाराम विकका छोरा ६ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए।

बिहीबार साँझ छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा–४ रायढुङ्गा स्थित तम्घास(सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो।

घाइतेहरूलाई जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचारपछि पाल्पा लगिएको डीएसपी पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय