बलिउड अभिनेत्री जयप्रभा नेपाल भ्रमणमा

काठमाडौँ । बलिउड अभिनेत्री जयप्रभा नहता नेपाल भ्रमणमा छिन् । उनले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छन् ।

काठमाडौंमा भएको नेपाल–भारत कल्चरल फेस्टिभल कार्यक्रमका क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताइन् । उनले नेपाल आएर आफ्नो देशका बारेमा केही कुरा राख्न पाउँदा गर्वको महसुस भएको बताइन् । उनले नेपाल—भारत सम्बन्ध आगामी दिनमा झनै बिस्तार गर्दै लैजानुपर्ने बताइन् ।

उनले आफू तीन पटक सांसद बनेको भएपनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय