सुन आज तोलामा एक लाख ४१ हजार ८०० रुपैयाँमा कायम

काठमाडौं । सुनको मूल्य आज एकैदिन एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय