काठमाडौं। चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने फैसला गर्ने न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै अनशन बस्ने तयारीमा रहनुभएका डा। केसीले आज अनसन स्थगित गरेको घोषणा गरेका हुन् ।
आज पत्रकार सम्मेलन गर्दै केसीले शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको जानकारी दिएका छन् ।
न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेर दुर्गा प्रसाईँद्वारा सञ्चालित उक्त मेडिकल कलेजलाई सम्बन्धन दिएको केसीको आरोप छ । डा. केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत राजीनामा माग गर्दै आएका छन् ।