काठमाडौं । गुल्मीमा लगातार वर्षापछिको पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको छ
मालिका गाउँपालिका वडा नम्बर ६ अर्जे ठाँटीपोखरीका यम बहादुर विक भन्ने भेष बहादुर कामीको घर पुरिदा एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएका घरमुली ५५ बर्षका भेष बहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए । देशका अधिकांश स्थानमा गएरातीदेखि नै वर्षा भइरहेको छ । वर्षाका कारण बाढिपहिरो जाँदा धनजनको क्षत्रीसमेत भइरहेको छ ।