स्याङ्जामा पहिरोमा परेर आमाछोरीको मृत्यु

काठमाडौं । स्याङ्जामा पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जि.टी. र उहाँकी तीन बर्षकी छोरी निकिसा जि.टी.को ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय