एसईईमा अनुत्तीर्ण भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुत्तीर्ण भएका अर्थात् ननग्रेडिङ ९एनजी० ल्याएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईमा ’एनजी’ ल्याएका सबै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।

यसअघि दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भनिएको थियो । तर शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै ननग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई यसअनुसार व्यवस्था गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय