पार्टीमा गुटबन्दी नहोस भन्ने कुरामा सचेत छौं: माधव नेपाल

काठमाडौं । नेकपा एसका अध्यक्ष माधव नेपाल पार्टी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प आफूहरुले लिएको बताएका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको बताए ।

अध्यक्ष नेपालले महाधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेको पनि बताए । उनले कम खर्चमा पार्टीको महाधिवेशन सम्पन्न गर्ने पनि बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसर दावी भएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई जोगाएर अघि बढ्ने बताए ।

‘हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरु त्यही दिशामा अघि बढिरहनुभएको छ,’ उनले भने, ‘तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ । कम खर्चमा यो समारोहालाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौं ।’

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा कुराकानी छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वभाविक भएको बताए । उनले गुटबन्दी पार्टीमा नहोस भन्ने कुरामा आफूहरु सचेत रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय