गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्तमन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि सांसद देवकोटा फेरि मन्त्री बनेका हुन्।

उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए। पार्टीको ह्विप नमानेको भन्दै नेकपा ९माओवादी केन्द्र०ले देवकोटालाई जेठ ३२ गते कारबाही गर्‍यो। सभामुख कृष्णप्रसाद धितालले दल परित्याग गरेको सूचना पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका थिए।

नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरे। सर्वोच्चले गत सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो। नेपाल समाजवादी पार्टीका नेता देवकोटाले माओवादी केन्द्रको चिह्न लिएर गोरखा( २ को प्रदेशसभा ९क०बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर