एजेन्सी । इरानमा राष्ट्रपतिको निर्वाचन फेरि हुने भएको छ। जुन २८ मा स्पष्ट विजयका लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि इरानीहरूले फेरि मतदान गर्नुपर्ने भएको छ।
सन् २०२१ को अगस्टमा कार्यभार सम्हालेका राष्ट्रपति इब्राहिम राइसीले गत मे १९ मा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएपछि गत सुक्रबार निर्वाचन भएको थियो।
सुधारवादी मसुद पेजेस्कियानले राष्ट्रपतिको पहिलो चरणको निर्वाचनमा ४२।५ प्रतिशत मत ल्याका छन्। उनले ३८ दशमलव ६ प्रतिशत मत ल्याएर दोस्रो भएका कन्जरभेटिभ सइद जलिलीसँग प्रतिस्पर्धा गर्नेछन्।
राष्ट्रपतिको दौडमा मोहम्मद बाकेर कालिबाफ र मोस्तफा पौरमोहम्मदी तेस्रो र चौथो स्थानमा छन्। उनीहरु राष्ट्रपतिको रेशबाट बाहिरिएका छन्।
२०२१ को राष्ट्रपतीय चुनावको तुलनामा १० प्रतिशतले कमी आएको मतदाताको संख्या ४० प्रतिशत रहेको छ।
इरानको राष्ट्रपतीय निर्वाचनको अभियान आइतबार दोस्रो चरणमा प्रवेश गर्ने तयारी गरिएको छ। इरानको इतिहासमा यो दोस्रो पटक निर्वाचन हुन लागेको हो।