नाउपाको संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइएको छ ।

आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा पार्टीका बहुमत सांसद्ले श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको हो ।

श्रेष्ठलाई हटाएर संसदीय दलका नेताको पदमा गंगाराम चौधरी डगौरालाई चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आज संसद् सचिवालयमा दलको नेता चयनसम्बन्धी पत्र दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय