बढ्यो आज पनि सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर कारोबारमा आएको हो ।

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । तोलामा १७ सय ९० रुपैयाँ तोकिएको चाँदीको मूल्य हिजो पनि यही कायम थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय