एजेन्सी । बलिउड अभिनेता शत्रुघ्न सिन्हा अस्पताल भर्ना भएका छन् । छोरीको बिहे भएको ६ दिनपछि उनलाई चोट लागेकोले अस्पतालमा भर्ना गरिएको हो ।
छोरी सोनाक्षी सिन्हा र ज्वाईं जहीर इकबालको गाडी अस्पताल बाहिर देखिएको थियो । ‘पितालाई केही दिन अघि भाइरल ज्वरो आएको थियो, उनी कमजोर पनि थिए त्यसैले हामीले उनलाई अस्पतालमा भर्ना गरायौँ ।’
अभिनेताका छोरा लवले बताएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको थियो । टाइम्स नाउले भने अभिनेता घरको डाइनिङ हलमा चिप्लिएर लडेको र उनलाई चोट लागेकोले अस्पताल लगिएको बताएको छ ।
उनलाई सोमबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।