पूजा र कुनसाङ अभिनित ‘दान्भी’को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्र ‘दान्भी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। चलचित्रमा पूजा शर्मा र कुनसाङ बम्जनको मुख्य भुमिका रहेको छ । हलबाट फिल्म हटेपछि यो गीतलाई बुढासुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो।

गीतमा गायक राजेश पायल राई र समीक्षा दाहालको स्वर छ। नरेश जोगीको शब्द एवं संगीत रहेको गीतलाई गणेश चौधरीले एरेन्ज गरेका हुन्।

कथा खुल्ने भएकाले यो गीतलाई फिल्म रिलिजपछि मात्रै सार्वजनिक गरिएको जनाइएको छ।

रूपेश तामाङको निर्देशन रहेको दान्भी असार ७ गतेदेखि प्रदर्शनमा आएको थियो। फिल्मले सन्तोषजनक शो पाएको थियो। तर कमजोर व्यापारपछि मल्टिप्लेक्स चेनहरूले केही दिनमै फिल्मको शो हटाएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय