के एमाले र कांग्रेस नयाँ सरकार गठनको चलखेलमा छन् ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्ताघटक दल नेकपा एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ ।

कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो ।

स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्षउन्मुख रहेको बताइरहेको छ । तर, अहिलेसम्म सबै भेटघाटहरूलाई गोप्य राखिएको छ ।

दुवै पार्टीका सीमित नेतामात्रै छलफलमा सहभागी छन् भर सार्वजनिक रुपमा सामान्य छलफलबाहेक अरु भन्न तयार देखिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय