काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको भेटबारे ब्रिफिङ गरेका छन् ।
पार्टीको पदाधिकारी बैठकमा देउवाले ओलीसँग सम्बन्ध सकारात्मक र सुमधुर रहेको बताएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनको प्रमुख दलका नेताबिच भेट हुँदा सत्ता समीकरण परिवर्तनको चर्चा चल्नु सामान्य रहेको उनले बताए ।