बाल यौन दुराचार गरेको कसुरमा रामबहादुर बमजनलाई १० वर्षको कैद

काठमाडौं । बाल यौन दुराचार गरेको कसुरमा तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

यसअघि पनि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बमजनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।
बमजनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गत पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । आफ्ना अनुयायीहरूमाथि बलात्कार र हत्या हिंसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । यति मात्रै होइन, बमजनमाथि विभिन्न जिल्लाका केही मानिसलाई बेपत्ता पारेको आरोप समेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय