रोल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौं । रोल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको हो ।

रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले घाइते भएकामध्ये ७ जनाको मृत्यु पुष्टी भएको थाहाखबरलाई जानकारी दिए। उनीहरूमध्य ६ जनाको सनाखत भएको छ भने एकजनाको हुन बाँकी छ।

अन्य केही घाइतेको पनि अवस्था गम्भिर रहेको उनले बताए। केही घाइतेको अस्पतालमा उपचार भइरहेको र केहीलाई सुविधायुक्त अस्पतालमा पठाउने तयारी भइरहेको जनाइएको छ ।

आज अपराह्न जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय