बढ्यो आज पनि सुनको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय