काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो।
आदेशमा शरणार्थी प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने उल्लेख छ।