काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज करिब ४ अंकले बढेको छ। आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकले बढेर २ हजार १०४ दशमलव २२ को अंकमा कायम भएको हो।
आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार १९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँ बराबर पुगेको छ।
आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै ६ दशमलव १२ र वित्त समूहको सूचक ६ दशमलव ०४ प्रतिशतले बढेको छ।
बैंकिङ शून्य दशमलव ६३, विकास बैंक २ दशमलव ७१ र लगानी शून्य दशमलव १८ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।