गृहमन्त्रीलाई फाइल खोल्ने धम्की नदिन कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले रास्वपाका सभापति गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन्।

आजको राष्ट्रिय सभा बैठकमा उनले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न आग्रह गरे। उनले ब्ल्याकमेलिङको राजनीतिक चेतावनी दिए। उनले नेपाली कांग्रेस सरकारमा जान आतुर रहेकाले चाँडो चाँडोभन्दा निकास दिन सरकारलाई आग्रह गरे।

उनले दुई धोका खाएका नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर