कांग्रेस र एमालेको गठबन्धनलाई लोसपाले समर्थन गर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बबरमहलमा रहेको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए। गठबन्धनमा समर्थन गर्ने निर्णय गरे पनि सरकारमा जाने–नजानेबारे अहिले कुनै निर्णय नगरेको उनले बताएका छन् ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्ति सोमवार राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो ।

सहमतिमा दुई दलले आउँदो चुनावसम्म आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । पहिलो एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ । यससँगै संविधान संशोधनलगायत विषयमा पनि दुई दलबीच सहमति बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय