तत्काल राजीनामा नदिने रास्वपाको निर्णय

काठमाडौँ । रास्वपाबाट सरकारमा रहेका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि रास्वपाका मन्त्रीहरू राजीनामा दिनबाट ब्याक भएका छन् । बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्ने तयारीमा रहेको भन्दै लामिछाने र अर्याललाई साथ दिन आग्रह गरेका थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएर फर्किएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय