काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । आज शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो बताए हुन् । पार्टीको अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालको प्रतिष्पर्धा हुने देखिएको छ ।
यस्तै नेपालले छलफलपछि सहमतिबाटै नेतृत्व टुङ्गो लाग्ने निष्कर्षमा पुगेको पनि बताएका छन् ।
यहि असार १६ गतेदेखि जारी महाधिवेशनको आज अन्तिम दिन हो । आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । तर नेताहरूको जोड सहमतिमा नेतृत्व छान्ने भए पनि प्रतिनिधिहरूले अध्यक्ष र महासचिव पदमा बाहेक निर्वाचन हुनुपर्ने बताउँदै आएका छन् । बुधवार बेलुकादेखि नेताहरूबिच नेतृत्वमा सहमति जुटाउन छलफल भइरहेको छ ।