एमालेका मन्त्रीले दिएको राजीनामा स्विकृत

काठमाडौं । एमालेका आठ मन्त्रीले दिएको राजीनामा स्विकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत गरेका छन्। बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए।

राष्ट्रपति पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय