प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं: घनश्याम भुसाल

काठमाडौं। नेकपा एसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। महासचिव घनश्याम भुसालले आज प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताए ।

आज पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् ।

महासचिव भुसालले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय