काठमाडौं । नेकपा एसका ९३ जना केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
आज शुक्रवार काठमाडौंमा ९३ सदस्यीय केन्द्रिय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
सबै केन्द्रिय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए ।
२९९ सदस्यीय केन्द्रिय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बतएको छ ।